संविधानसभाको बैठक शुक्रवारसम्मका लागी स्थगित ।

काठमाडौं: अन्ततः दोस्रो संविधानसभाको पहिलो बैठक बसेको आज एक वर्ष पूरा हुँदा पनि मुलुकले नयाँ संविधान त के त्यसको मस्यौदा पनि पाउन सकेन ।

आजको दोस्रो बैठकमा लगातार साढे तीन घन्टा नाराबाजी र अवरोधपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको अर्को बैठक माघ ९ गते शुक्रबार अपराह्न १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे ।