७५ स्थानको मतदानमा विवाद : ठाउँ ठाउँमा हवाई फायर

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले ११ जिल्लामा १०२ राउन्ड हवाइ फायर गरेको छ ।

रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ र स्याङ्जामा गोली चलेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार ११ जिल्लाका २४ स्थानमा १०२ राउन्ड हवाइ फायर भएको हो ।

७५ स्थानमा मतदानबारे विवाद र झडप भएको डीआईजी राईले बताए । “६० भन्दा बढी ठाउँमा पुनः मतदान सुरु भइसकेको छ । १४ स्थानमा पुनः मतदान हुन सकेको छैन्,” उनले भने ।

थप प्रहरी परिचालन गरेर मतदान विवादको समस्या समाधान गर्ने प्रयास गरिरकेको राईले बताए ।