“नर्थल्ट १० के” आयोजना गरेर समुदायमा स्वास्थ्य चेतना फैलाउँदै बेलायती नेपालीहरु

लन्डन । आगामी नोभेम्बर १३ तारिखमा “रिमेम्बरेन्स डे” का दिन नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ। ए-स्टार फाइनान्सियल सोलुसनको प्रमुख प्रायोजन रहेको उक्त कार्यक्रम नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुने आयोजकले बताएका छन् । उक्त इभेन्ट मार्फत गोर्खा वेल्फेयर ट्रस्टको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ।

समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने जनाइएको छ ।

कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिने बताइएको छ । “समुदायको स्वास्थ्य र तन्दुरुस्तीका लागि आयोजना भएको यस्तो राम्रोकाममा सहयोग गर्न पाउनु हाम्रो लागि पनि खुशीको कुरा हो । समुदाय स्वास्थ्य भए मात्र ब्यवसायको पनि अस्थित्व रहने भएकोले यो महत्वपूर्ण कार्यक्रममा सहयोग गरिएको ए-स्टारका डाईरेक्टर मिन दर्लामीले बताए ।

कार्यक्रममा सहभागि सबैले टिसर्ट र मेडल प्राप्त गर्ने छन् । कार्यक्रम दौड कार्यक्रमहरु दौड प्रतियोगिताको रुपमा मात्र नभएर सकेको दौडिने या हिडेर निश्चित दुरी पार गरेर स्वास्थ्य लाभ लिने र अरुलाई पनि प्रेरणा दिन सकिने आयोजकले बताएका छन् । नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक संतोष राईले जनाएका छन् ।