सत्यमोहनको शवको दाहसंस्कार गरिएन चिनाको गरियो

काठमाण्डौ । संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ ।

शंखमुलस्थित बागमती घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो । उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन् ।

जिवित छँदै संस्कृतिविद् जोशीले शरीर दान गरेका थिए । उनको इच्छाअनुसार, आज परिवारजनले पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरेका थिए ।

किस्ट अस्पतालले जोशीको पार्थिव शरीरलाई केमिकलमा सुरक्षित राख्ने भएको छ । विद्यार्थीलाई अध्ययनका लागि सुरक्षित राखिन अस्पतालले जनाएको छ ।

संस्कृतिविद् जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। उनी २४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत थिए ।