सिड्नी । एनआरएनए अमेरिकामा न्युयोर्क बिधुत प्राधिकरणका डाईरेक्टर सुर्य लम्सालको नेतृत्वमा ३५ सदस्सीय नयां कार्यसमिती गठन भएको छ।
एनआरएनए आईसिसीले पहिलेको बुद्दी सुबेदीको कार्यसमितीलाई समय सिमा दिदैं आईसिसीको बिधान पालन गर्न आईसिसी-एनसिसी बीच हुने आधिकारीक संबन्धन (एमओयु) मा हस्ताक्षर गर्न पत्राचार गर्दा बेवास्ता गरेपछि आईसिसीले बिधानत लम्साललाई एनसिसी तदर्थ कार्यसमिती गठन गर्न अघिकार दिएको थियो ।
लम्सालको कार्यसमिती गठन हुनासाथ आईसिसी अध्यक्ष बिनोद कुंवर र एनसिसी अध्यक्ष सुर्य लम्साल बीच काठमांडौमा आईसिसी-एनसिसी संबन्धन गराऊने एमओयुमा हस्ताक्षर भएको थियो । ऊक्त हस्ताक्षर पछि एनआरएनए आधिकारिक रुपमा एनआरएनएको सॅयुक्त राज्य अमेरिका प्रतिनिधित्व गर्ने “एनसिसी” भएको घोषणा भएको थियो ।
आघिकारिक को ?
बिश्वभरिका एनआरएनहरुले सोधिरहेछन – “दुईवटा एनआरएनए संस्था भए, आधिकारिक कुन हो ?” आईसिसीमा गत अक्टोवरमा चुनाव गराऊन तत्कालको कुमार पन्त नेतृत्व असफल भएपछि नेपाल सरकारले संरक्षक शेष घलेलाई संस्थाको अधिवेसन गराऊन पत्रलेखि जिम्मेवारी दियो ।
बिश्वभरिका एनआरएनए प्रतिनिधीहरु अधिवेसनमा भागलिन काठमांडौ पुगे । तर नाटकिय ढंगले अधिवेसनको केही घन्टा अघि केही ऊम्मेदवारहरुले चुनाबै नगरि मिलोमतोमा जम्वो कमिटी बनाई सबै ऊम्मेदवार आआफ्नै पदमा आसन्न हुनपाऊं भनि आआफ्ना पार्टीका नेतालाई पुकार्न पुगे । स्थानिय चुनाब निकट आऊदै गरेको बेला सहयोग माग्नपर्ने एनआरएनए ऊम्मेदवारलाई खुशी बनाऊने यो सुवर्ण अवसरलाई पार्टीका केही नेताले सहर्ष स्वीकारे ।
तिनै नेताको पहलमा रातारात त्यी ऊम्मेदवारहरु शेष घलेको अधिवेसनका लागि बसेको होटलबाट भागी नेता बाट प्रायोजित कार्यक्रममा गई ऊम्मेदवार जति सबै चुनाबै बिना बिजयी भएको घोषणा गरे । ऊता शेष घलेले आफ्नो कार्यक्रम अनुसार, बिधान वमोजिम र सरकारको निर्देशन अनुरुप चुनाव गराई नया कार्यसमिती गठन गरे ।
त्यसैले बिधानत शेष घलेको निर्वाचित कमिटी नै आधिकारिक हुन पुग्यो । तर अर्को पट्टीको भेलामा राजनैतिक पार्टी, बिशेषत प्रधानमन्त्री र राष्ट्रपति आएकाले हामी आधिकारीक हौं भनेर जम्बोटिमले भन्ने गरेको पनि कतै कतै सुनिन्छ । नाम र लोगो दुबैले प्रयोग गरेका छन । चुनावको बेला भएकोले सरकार चुप छ । शेष घलेको बैधानिक प्रकृयाले गर्दा आईसिसी जस्तै ऊनका एनसिसीहरुपनि स्वत आधिकारिक बन्न पुगे । अमेरिकाको लम्साल कमिटी यसै मध्येको एक एनसिसी बनेको छ ।
अब के हुन्छ ?
नेपालको संसदिय चुनाव सकिनासाथ यो आधिकारिकता बिवाद सतहमा आऊछ । राजनैतिक पार्टीहरु खुला रुपबाट एनआरएनए मिलाऊने भनि अघि आऊनेछन । जम्बो टिमले मिलाऊने भनि एक समिती गठन गरेको तर काम केही पनि नगरेको अवस्था छ । शेष टिम आंफु आधिकारिक भएकोले अर्को टिम चाहेमा आफुसंग मिल्न आए सहमती गर्न सकिने कुरा जनाएका छन ।
एनसिसीहरु नया संस्था, नया बिधान र नयां सदस्य अनुसार अघि बढीसकेको अवस्थामा ढिला गरेर मिल्ने मिलाऊनेमा ठुलो कठिनाई हुनेछ । यस अर्थमा शेष घले टिम अब एक बृहत गैर आवासिय नेपाली संघको रुपमा अगाडी बढने देखिन्छ । आधिकारिकताको खोजीमा दुबै पक्ष न्यायलय पुग्ने स्थिती आएमा के हुन्छ भन्न सकिन्न । न्यायलय निश्पक्ष भएमा शेष घले संग आधिकारिकता प्राप्त हुने आधार बलिया छन ।
अमेरिकामा के हुदैछ ?
एनआरएनएको बिवादबाट वाक्क भएपनि अमेरिकाका नेपालीहरु भित्रभित्रै चाख लिएर हेरिरहेका छन । गत निर्वाचनमा पराजय ब्यहोरेको कृष्ण लामिछाने समुह आफुलाई निर्वाचन समितीबाट हराईएको हो भनि नतिजालाई अस्वीकार गर्दै आर्को समुह बनाएका छन तर यो समुह आधिकारीक रुपमा कुनै राज्यमा दर्ता भएको देखिन्न ।
यस समुहले शेष घलेको आधिकारीक एनआरएनए बन्न निकै कसरत गरेको थियो तर बिगतमा नराम्रो छबी भएका केही नेतृत्वका कारण र लम्सालको आगमनले त्यो कसरत बीचैमा तुहिएको थियो । लम्साल समुहमा सवै क्षेत्रबाट समेटिएका युवाहरुको बाहुल्य रहेकोले यस समुह प्रति जनचासो र उत्सुकता बढेको देखिन्छ । एनआरएनए अमेरिकाको आर्थिक तालासांचो आफ्नो खल्तीमा राखेका बुद्दी सुबेदी समुहले भर्खरै भर्जिनिया राज्यमा संस्थाको अफिस खरिद गरेको भनि सामाजिक संजालमा राखेका छन ।
अर्को आधिकारीक संस्था निर्माण भएपछि रातारात सदस्यको पैसा खर्चगरि अफिसको सदुपयोग नै नहुने ठांऊमा अफिस खरिद गर्ने निर्णय लगत्तै प्राय सबै च्याप्टर अध्यक्षले सही गरि बुद्दी सुबेदी बिरुद्द एक बिज्ञप्ती निकालेका थिए । केहीले त्यी सबै च्याप्टरहरु लम्साल समुहमा समावेसहुने अडकल गरेका छन । त्यसको लागि वातावरण तैयार गर्न भित्रभित्रै तैयारी भईरहेको सुचना दुवैपक्षबाट प्राप्त भएको छ ।
नेपालमा के हुदैछ ?
यो समाचार लेखिरहदां आईसिसीका दुबै पक्ष काठमांडौ भेलामा सहभागी हुन भनि फेसबुक रंगाएका छन । यध्यपी सरकारी कर्माचारी र नेताले भरपुर्ण एनआरएनए समिट भनिएको यो दुबै भेला कतै मेलमिलापको संकेत त होईन भनि हेरिएको स्थिती छ । तथापी आधिकारीकता बिना मेलमिलापमा को कता मिल्ने भन्ने कुरा बिबादीत नै रहने पक्का छ ।
शेष समुहले मेलमिलापको कुनै संकेत नदिई केहीदिन अघि ग्रिन हाईड्रोजन समिटको तैयारी भनि पत्राकार भेटघाट गराएको थियो । एनआरएनएमा बिबादको सृजना गराऊने अमेरिकाको जम्बोसदस्यहरु आफ्नो भेलामा कसरी प्रस्तुत हुन्छन भन्नेकुरा बुझ्न अझ केहीदिन कुर्नैपर्छ ।






