लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले ८ लाख ५० हजार पाउन्डमा गुम्बाघर किनेको छ । ३ अक्टोबर सोमबार नयाँ गुम्बा घरको चाबी लिएपछि बुद्धिष्ट गुम्बा रेडिङका मूल लामा खेन रिन्पोछे शिर लामा गुरुङले पूजापाठ समेत गरेका छन् ।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधि यूके पूर्व अध्यक्ष कमल गुरुङ, गोर्खा ट्राभल डाइरेक्टर एवं घाचोक सेवा समिति अध्यक्ष दिलरास गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका ट्रस्टी ले. जसबहादुर गुरुङ, महेश गुरुङ, मे उदयबहादुर गुरुङ एमबीइ, गुम्बाका सम्पूर्ण सदस्य, कार्यसमितिका सम्पूर्ण सदस्यहरु र आमा समूहको उल्लेखनीय उपस्थिति थियो ।
गुम्बा भवन किन्न सफल भएकोमा संस्थाका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ, उपाध्यक्ष कृष्णा गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मे. बुद्दि गुरुङ, गुम्बा भवन खरिद संयोजक चन्द्रमान गुरुङ, सचिव युवराज गुरुङ, आमा समूहकी अध्यक्ष रजनी गुरुङ, आमा समूहकी महासचिव उशा गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, ट्रस्टी जसबहादुर गुरुङ, मे उदयबहादुर गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, महेश गुरुङ, लगायत सम्पूर्ण सदस्यहरुले बधाई दिँदै खुसी व्यक्त गरे ।
रेडिङको मुटुमा रहेको गुम्बा रेडिङ, स्वीण्डन, लण्डन, बेजिङस्टोक, अल्डरसट र फार्नब्रोरोका भक्तजनहरुका लागि पायक पर्ने आशा गरिएको छ ।
कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङले सम्पूर्ण सहयोगी, ट्रस्टी, कार्यसमितिका सदस्यहरु, गुम्बालाई आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण चन्दादातालाई धन्यवाद दिएका थिए ।
संस्थाका महासचिव कमल गुरुङले भक्तजनहरुलाई संस्थाको ट्रस्टी बनेर अझ आर्थिक रुपमा बलियो बनाउन अनुरोध गरेका थिए।






