बेलायतका नेपाली साहित्यकारहरुले गरे घुम्ती साहित्य र पुरस्कार वितरण

लन्डन । नेपाली साहित्य विकास परिषद् युकेले बेलायतको डर्बिसाएर र पिटरबरोमा  दुई भिन्नाभिन्नै साहित्य घुम्ति कार्यक्रमको आयोजना गरी सर्जकहरू हिन्दमैञा वैद्य, समिप हाङबाङ’जर्जर’ र कमल भण्डारीलाई पुरस्कार शुशोभन तथा कविता वाचन र साहित्य अन्तरक्रिया सम्पन्न गरेको छ ।

पिटरबरो नेपाली समाजको संयोजन र सहभागितामा पिटरबरो  कम्युनिटी हलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा पत्रकार युवा समाजसेवी समिप हाङबाङ ‘जर्जर’ लाई विशिष्ट साहित्य  रजत पदक  पुरस्कार शुशोभन गर्नु हँदै समारोहका प्रमुख अतिथि यती नेपाली एसोसिएसम युकेका अध्यक्ष तथा परिषद्का वरिष्ठ सह अध्यक्ष कवि ध्रुव केसीले नेपाली समाजलाई साहित्य सिर्जनामा उत्साह थप्ने सराहनीय कार्य परिषद्ले गरेको छ भन्नुभयो । 

अध्यक्ष केसीले अब्बल सर्जक तथा पत्रकार समिप हाङबाङ ‘जर्जर’ र वरिष्ठ कवयित्री हिन्दमैञा वैद्य एवम् समाजसेवी कमल भण्डारीलाई यसरी पुरस्कार सम्मान गरेर परिषद्ले सर्जक र समाजसेवीको योगदानको उच्च कदर गरेको चर्चा गर्नु भयो । 

संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले लन्डन बाहिरका सहरहरूमा रहेका नेपाली जनसमाज र साहित्यक प्रतिभाहरूसँग सामाजिक एकता र सिर्जनात्मक प्रेरणा अभिबृद्धि गर्ने उद्धेश्यद्वारा परिषद्ले साहित्य घुम्ति कार्यक्रमको आयोजना गरिएको  उल्लेख  गर्नुहुँदै कवि समिप हाङगबाङ जर्जर, हिन्दमैञा वैद्य र कमल भण्डारीको योगदान नेपाली साहित्य विकास परिंषद्मा  अभिछिन्न रहँदै आएको चर्चा गर्नु भयो । 

वरिष्ठ साहित्यकार शाहले पिटरबरो नेपाली समाजको  संयोजन, सहभागिता र सौजन्यता परिषदले लामो समय देखि उत्साहवर्धकरूपमा पाउँदै आएको चर्चा गर्नु भयो । 

समारोहमा पुरस्कृत कवि समिप हाङबाङ जर्जरको साहित्यिक र सामाजिक योगदानको चर्चा गर्नुहुँदै साहित्य, कला, पत्रकारिता र समाजसेवामा कवि समिप हाङबाङ जर्जरको विशिष्ट योगदान रहेको कुरा प्रकाश पार्नु भयो ।

अध्यक्षको आसनबाट सम्बोधन गर्नुहुँदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कवि समिप हाङबाङ ‘जर्जर’ को सिर्जनात्मक प्रतिभा र सेवाको भावना अत्यन्त प्रशंसनीय रहेकोछ र परिषद् विगत दुई दशक भन्दा बढी समय देखि निरन्तर लागिपरेर नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुरयाएको चर्चा गर्नु भयो । 

अध्यक्ष मल्लले पिटरबरो नेपाली समाज ,पिटरबरो गोर्खा समाजका पदाधिकारीहरूबाट र डोलराज सुवेदी, प्रज्ञा राणा सुवेदी, किरण कार्कीबाट भएको सहयोग र सहभागिताले सर्जकहरूलाई अँझ बढी उत्साह थपेको चर्चा गर्नु हुँदै सबै  सहभागिहरूमा परिषद्को तर्फहाट आभार ब्यक्त गर्नु भयो ।

समारोहमा पिटरबरो काउन्सीलका काउन्सलर द्वय गुल नवाज र मोहमद रंगजेवले  मन्तव्य राख्नु हुँदै  समाजको विकासका लागि  आफ्नो तर्फबाट सक्दो सहयोग रहने र समाजमा संस्कृति र सभ्यतालाई संवर्धन गर्न एकातावद्ध भएर सक्रिय  रहन आह्वान गर्नु भयो । 

डर्बिसाएरमा भएको समारोहमा परिषद् का पूर्व अध्यक्ष खगेन्द्र नेपाली, महालक्ष्मी नेपाली, नेपाली साहित्य पुरस्कारका ट्रष्टी कोहिनूर मल्ल, डोल राज सुवेदी प्रज्ञा राणा सुवेदी, नविन महत आदी तथा पिटरबरोमा भएको समारोहमा पूर्व अध्यक्ष तथा ट्रष्टीहरू  द्वय किरण कार्की र  केशव भण्डारी, सचिव  विना साप्कोटा, सदस्य कलाकार सुमेर ज्ञवाली, सदस्य कवि  राजकुमार पुडासैनी, नेपाली गोर्खा समाजका संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी र स्वयम सेवी व्यक्तित्व टेरी आदि वक्ताहरूले मन्तव्य राख्नु हुँदै  रजतवर्ष साहित्य पुरस्कारबाट  सम्मानित हुनु भएका कवि समिप हाङबाङ जर्जर यस  पिटरबरो नेपाली साजका संस्थापक अध्यक्ष हुनु भएको र उहाँलाई हाम्रा माझमा नै आएर यसरी पुरस्कार सम्मान अभिनन्दन गर्न पाउँदा  गौरव लागेको चर्चा गर्नु भयो ।


यस अघि स्वागत मन्तव्य दिनुहुँदै परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले नेपाली भाषा साहित्यलाई बेलायती माटोमा हुर्काउन बढाउन लागिपरेका सर्जक र साहित्यसेवीहरूलाई प्रोत्साहन र सम्मान पुराउन नेपाली साहित्य विकास परिषद् युके ले परिषद्मा विभिन्न पुरस्कारहरूको स्थापना गरेको चर्चा गर्नुहुँदै 

यही सिलसिलामा यो साहित्य घुम्ति कार्यक्रममा पुरस्कार सम्मान शुशोभन गर्न लागिएको बताउनु भयो । 

समारोहमा उपस्थित सम्पूर्ण अतिथिहरूको सहभागिताले  साहित्यलाई समृद्ध र सर्जकलाई प्रोत्साहन पुराउन प्रसस्तै योगदान पुगेको चर्चा गर्नुहुँदै उपाध्यक्ष डा.सुधा श्रेष्ठले परिषद्को तर्फबाट स्वागत गर्न पाउँदा गौरवान्वित भएको चर्चा गर्नु भयो ।

समारोहमा पुरस्कार अभिनन्दित परिषद्का पूर्व उपाध्यक्ष कवि समिप हाङबाङ ‘जर्जर’ र पूर्व कार्यकारिणी सदस्य समाजसेवी कमल भण्डारीमा पुरस्कार पदक अभिनन्दन स्तुति पत्र परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले वाचन गरेपछि कर्तल ध्वनीका साथ प्रमुख अतिथी यती संस्थाका अध्यक्ष ध्रुव केसीद्वारा पदक तथा प्रमाणपत्र र परिषदका संस्थापक निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहद्वारा नेपाली टोपी तथा खाता लगाइदिएर कवि तथा पत्रकार समिप हाङ्बाङ ‘जर्जर’ लाई पुरस्कार शुशोभन गराउनु भएको थियो भने अर्का पुरस्कृत व्यक्तित्व कमल भण्डारीको तर्फबाट पदक तथा प्रमाणपत्र पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारीले बुझिलिनु भएको थियो । 

यसैगरी पिटरबरो नेपाली समाजको तर्फबाट ट्रष्टी तथा पूर्व अध्यक्ष किरण कार्की, पूर्व अध्यक्ष केशव भण्डारी र सचिव विना साप्कोटाले पुष्प गुच्छा, वधाइज्ञापन कार्ड र खाता ओढाएर कवि समिप ‘जर्जर’ मा अभिनन्दन गर्नु भएको थियो । 

यसैगरी परिषद्की पूर्व कार्यकारिणी सदस्य हेमा गुरुङ, नेपाली गोर्खा समाजका संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी, पिटरबरो नेपाली समाजकी सदस्य सुनिता कार्की, आस्था लुइँटेल, दुर्गा भट्टराई, सरला पाण्डे बुढाथोकी, सुमेर ज्ञवाली, राजकुमार पुडासैनी लगायतका समाजसेवी व्यक्तित्वहरूले कवि समिप हाङबाङ जर्जरमा हर्सोल्लासपूर्वक  अभिनन्दन सम्मान गर्नु भएको थियो ।

समारोहमा वरिष्ठ कलाकार सुमेर ज्ञवालीले सुमधुर गीतहरू गाउनु भएको थियो भने कवि राजकुमार पुडासैनी, डा सुधा श्रेष्ठ, कोमल मल्ल र सुरेशजङ्ग शाहले कविता बाचन गर्नु भएको थियो । 

पिटरबरो नेपाली समाजबाट कार्यक्रमको संयोजन, हल व्यवस्थापन र जलपानको प्रायोजन गरिएको थियो । 

परिषद्ले केही दिन अघि डर्बिसाएरमा पनि यस्तै साहित्य घुम्ति कार्यक्रम परिषद्का अध्यक्ष कोमल मल्ल र पूर्व अध्यक्ष खगेन्द्र नेपालीको नेतृत्वमा सम्पन्न गरी वरिष्ठ कवयित्री तथा परिषद्तकी आजीवन सदस्य हिन्दमैञा वैद्यलाई नेपाली साहित्य विकास परिषद् रजत वर्ष विशिष्ट साहित्य पुरस्कार पदक सम्मनले अभिनन्दन गरेको थियो ।

परिषद्को आगामी कार्यक्रम लन्डनमा २३ अक्टुबर दिन ११३औँ लक्ष्मी प्रसाद देवकोटा जयन्ती हुनेछ र उक्त अवसरमा नइ प्रकाशन नेपालबाट पुरस्कृत भएका बेलायतका १९ जना सर्जकहरूलाई नइ रजत महोत्सव पदक पुरस्कार परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट शुशोभन हुने कार्यक्रम छ ।