लण्डन । चर्चित लोक दोहोरी गायक राजन कार्की बेलायतको बसाई सकेर नेपाल फर्किने तैयारीमा रहेका छन् । स्याङ्जा समाज युकेको निमन्त्रणामा २ महिना अगाडी लण्डन आईपुगेका गायक कार्की बेलायत बसाईको क्रममा थुप्रै कार्यक्रममा सहभागी भई आफ्नो सागींंतिक प्रस्तुती दिएका थिए ।

समर भेटघाट देखि बिबिध कार्यक्रम ,हरितालिका तीज अन्य विभिन्न अवसरमा बेलायतका विभिन्न सहरहरुमा आयोजित कार्यक्रममा कार्कीले निकै मनोरञ्जन प्रदान गरेका थिए ।लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश समिति सचिव समेत रहेका
गायक कार्कीको बिदाईका लागि स्याङ्जा समाज युकेले १८ सेप्टेम्बर आईतबार गोल्डेन सीप रेष्टुरेण्टमा औपचारिक सगैं विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमा लण्डनमा बस्दै आएकी स्याङ्जाली गायिका निरुशा भट्टराईको समेत प्रस्तुति रहने छ ,कार्कीले उक्त कार्यक्रम यस पटकको अन्तिम कार्यक्रमको रुपमा आफ्नो प्रस्तुती दिनेछन् । लण्डन नेपाल न्यूज सगं कुराकानी गर्दै गायक राजन कार्कीले आफ्नो बेलायत बसाई भव्य बनेको भन्दै यहाँ आउन निमन्त्रणा गर्ने स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङ लगायत सम्पूर्ण पदाधिकारी प्रति धन्यवाद व्यक्त गरे । उनि १९ सेप्टेम्बर सोमबार हिथ्रो ट्रमिनल ४ बाट दिउसो ३ बजे कतार एअरको फ्लाइटबाट नेपाल फर्कने तय गरिएको समाजका अध्यक्ष शारदा गुरुङ बताए ।

बेलायतबासी नेपाली दाजुभाई दिदी बहिनीहरुको अपार मायाले आफु उत्साहित बनाएको भन्दै उनले बेलायत बसाईको अवसरमा साथ र सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे ।
उनले विदाई कार्यक्रम स्वरुप आईतबार बेलुकी ६ बजेदेखि राति ११ बजेसम्म हुने विशेष साँझमा उपस्थित हुन सबैलाई आग्रह समेत गरे । उनी अल्टरसड,लेष्टर,नटिङहम, बर्मिङहम,लन्डन,रेडिङ, स्कटल्याण्ड लगायतका सयौ ठाउँमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

बेलायत स्थित स्याङ्जा समाज यूकेका बरिस्ठ सल्लाहकार तथा तमु धि युकेका सल्लाहकार बरिस्ठ समाजसेबी डेबिड गुरुङ भन्छन्, ‘विदेशमा यस्ता सिर्जनात्मक काम भइरहने हो भने नेपाली पहिचान अझै माथि पुग्नेछ ।’ यसलाई उनले नेपालीले ‘गर्व गर्नलायक काम’ भनेका छन्, गुरुङले सबैलाई चर्चित गायक राजन कार्कीको यो सिजनका लागि अन्तिम कार्यक्रम भएकाले गोल्डेन सिपमा आएर रमाईलो गर्ने र कलाकारलाई प्रोत्साहन,हौसला र उत्साह दिनका लागि सबैसगं अनुरोध समेत गरेका छन् ।






