शिब भण्डारी,
लण्डन |
बेलायतमा गुणस्तरीय खाना तथा ग्राहकको सेवा मार्फत ख्याति कमाउन सफल माउण्टेन भिउ रेस्टुरेन्टले करी ओस्कारको रुपमा चिनिने करी लाईफ बिजिनेस अचिभमेन्ट अवार्ड हात परेको छ । हिजो लण्डनको पार्क प्लाजा होटलमा आयोजित बिशेष समारोहका बीच रेस्टुरेन्टका प्रोप्राइटर दाशु पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
हजारौ प्रतिस्प्रधी हरु मध्ये बाट छानिएका रेस्टुरेन्टहरु मध्ये यो अवार्ड हात पार्ने माउण्टेन भिउ एक मात्र नेपाली रेस्टुरेन्ट थियो ।
रेस्टुरेन्ट संग सम्बद्द आफन्तजन सहित केही नेपाली पत्रकार हरु समेत सहभागी उक्त समारोहमा बेलायतका थुप्रै मन्त्रि, सांसद तथा उच्च सरकारी ओहोदाका विशिष्ट व्यक्तित्वहरुले समेत मन्तब्य दिएका थिए । नेपालको गुल्मी जिल्ला घर हुने पुरस्कृत पाण्डे बर्षौ देखी लन्डनमा रेस्टुरेण्ट व्यवसायमा संलग्न छन ।







