काठमाडौँ, २४ जेठ । आज बिहान ११ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको थाङ्पालधाप केन्द्रविन्दु भएको ४.६ रिक्टर स्केलको परकम्प गएको छ । गत वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि मुलुकमा पटक पटक परकम्प महसुस गरिँदैआएको छ । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ‘गोरखा भूकम्प’पछि दैनिक चार रिक्टरभन्दा मुनिका करिब ३०० को सङ्ख्यामा ससाना परकम्प गइरहेको छ ।
चार दशमलव ६ को परकम्प






