लण्डन आइपुगे नेपालका १० चर्चित पत्रकार -को को आए हेर्नुस् नामबली सहित

तस्बिर : एज्रा श्रेष्ठ

लण्डन । नेपालका चर्चित टेलिभिजन तथा छापा माध्यममा कार्यरत पत्रकारहरु लण्डन आईपुगेका छन् । शनिवार बिहान लन्डन हिथ्रोमा नेपालका १० जना पत्रकारहरु आएका हुन् ।

लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (कान्तिपुर टुडे), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इ-कान्तिपुर) अरुण बहादुर श्रेष्ठ (इकान्तिपुर) र जेम्स् प्रधान (भिडियोग्राफर) छन् । साथमा गायक योगेश्वर अमात्य पनि लन्डन आएका छन् ।

एनआरएनए युकेले उनीहरुलाई विमानस्थलमा भव्य स्वागत गरेको हो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङ, काउन्सिलर विष्णु गुरुङ, शिव कल्चरल सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई, इनास यूकेका अध्यक्ष विनोद चिपालु, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान लगायतले विमानस्थल पुगेर उनीहरुको स्वागत गरेका थिए ।

उनीहरु एनआरएनए युकेको प्रायोजनमा बेलायत आईपुगेका हुन् । अगष्ट २१ तारिख आईतबार हिथ्रो नजिक ‘ब्ल्याक टाइ डिनर’ होटलमा आयोजित रात्री भोजमा उनीहरु सहभागी हुनेछन् । उक्त कार्यक्रममा बेलायतमा रहेका विभिन्न नेपाली सघंसंस्थाहरु एवम् व्यक्तिहरुले बेलायत र नेपालका लागि गरेको महत्वपूणर् योगदान तथा ती योगदानहरुलाई उजागर गर्ने उद्धेश्य रहेको एनआरएनए युकले जनाएको छ ।

यसबाहेक झण्डै ८ दिनको बेलायत बसाईमा उनीहरु विभिन्न शहर तथा सांस्कृतिक धरोहर अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेलायती संसद भवन, टावर ब्रीज, लन्डन आइ, म्याडम टुसाड, बकिंगहम प्यालेस, अक्सफोर्ड, स्टोनहेज, भ्रमण, नेपाली मेलामा सहभागिता आदि कार्यक्रम तय छ ।

पत्रकारहरुको नेपाली समुदायसंग कुनै औपचारिक कार्यक्रम भने तय छैन् । उनीहरु २९ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ । जम्बो टोलीका साथ आएका पत्रकारहरुले लण्डनमा आएर के कुरा लिएर जान्छन् र के के कुराहरुको पक्षमा आवाज उठाउँछन् त्यो भने हेर्न बाँकी छ । यद्यपी नेपाली पत्रकारहरु नेपालीको अवस्था र अन्य विविध पक्षमा बेलायत आएको कुरालाई सकारात्मक रुपमा लिन सकिन्छ ।