आलटालमै सकियो निर्मला हत्याको चार वर्ष : प्रहरी भन्छ अझै अनुसन्धान हुँदैछ

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0928u093fu0930u094du092eu0932u093e u092au0928u094du0924u0915u094b u0939u0924u094du092fu093eu0930u093eu0932u093eu0908 u0915u093eu0930u092cu093eu0939u0940u0915u094b u092eu093eu0917 u0917u0930u094du0926u0948 u092du090fu0915u094b u092au094du0930u0926u0930u094du0936u0928","photographer":"","alt_text":""}

काठमाण्डौ । वर्षहरु बिते तर आसुहरु बग्न छोडेनन् , बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको चार वर्ष पूरा भएको छ ।

चार वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । चार वर्ष बितिसक्दा समेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ ।

यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । अब निर्मलाले न्याय पाउँछे भनेर र कत्ति पनि आशा बाँकी नभएको आमा दुर्गा देवी पन्त बताउँछिन् ।

उनले भनिन् ‘अहिले न कसैले सोधपुछ गर्छन्, न मैले नै सोधखोज गरेकी छु । एउटै प्रश्नको जवाफ पनि कति जनालाई दिइसक्नु। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लाग्न थालिसक्यो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हामीले परिवर्तित शैलीमा अनुसन्धान गरिरहेका छौं, लागुऔषध प्रयोगकर्तालाई पनि यो केसमा अनुसन्धान थालेका हौं।’ त्यस क्षेत्रका १८ र १९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनले जानकारी दिए ।

लागुऔषध प्रयोगकर्ता र मजदुरी गर्नेलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं, हामी निरन्तर अनुसन्धानमै छौं,’ उनले भने । निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पत्ता लगाउन अहिले पनि डिएनए परीक्षण भइरहेको छ ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार भर्खरै मात्र शंकास्पद तीन जनाको डिएनए परीक्षणका लागि रगत पठाइएको छ । प्रहरीले अहिले पहिला भन्दा छुट्टै तरिकाले पनि अनुसन्धान गरिरहेको उनको दाबी छ ।

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घर गएकी निर्मलाको दोस्रो दिन बिहान नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।