एनआरएन यूके डोर्सेट काउन्ट्री काउन्सिलको संयोजकमा इन्जिनियर राम राज निर्बाचित

लण्डन । गैर आवासीय नेपाली सघं (एनआरएनए) राज्य समन्वय परिषद काउन्ट्री काउन्सिल डोर्सेटको संयोजकमा इन्जिनियर राम राज सर्वसम्मत चयन भएका छन् ।

डोर्सेटमा बसोबास गर्ने नेपालीहरुलाई एनआरएनको मुल समितिमा समाहित गराउने उद्धेश्यले गठित उक्त कमिटी गठन गरिएको हो ।

एनआरएनए इङ्ल्यान्ड राज्य परिषद अध्यक्ष एलबी जेड गुरुङको सहभागीतामा उक्त कमिटीको पहिलो बैठक सान्फोर्ड डोर्सेट स्थित एक रेष्टुरेण्टमा बसेको थियो ।

सोही बैठकमा अध्यक्ष गुरुङले काउन्ट्री काउन्सिल कमिटीको निर्देशिका कमिटी सदस्य सदस्य उत्सव विष्ट र हिरा रिमाललाई हस्तान्तरण गरेका थिए ।

कमिटीको पहिलो बैठकले संसदमा पेश गरिएको नागरिकता सम्बन्धी विधेयकको स्वागत गरेको थियो । सदस्य रामचन्द्र बञ्जाडेले विधेयकले एक पटकको नेपाली सधैको र सबैको नेपाली तथा नेपालको लागी नेपाली भन्ने आदर्शलाई पछ्याएको बताए ।

उक्त कमिटीमा तुल्सी फ्युयाल, प्रेम लाम्गाडे, कृष्ण सापकोटा लगायत सदस्य रहेका छन् ।