काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् ।
रिपोर्टर्स क्लब काठमाडौँमा दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् ।
राष्ट्रिय सभाका सांसद रहेका गौतमको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ । नेकपा ब्युताउने अभियान चलाईरहेका नेता गौतमले केहीदिन अघि मात्रै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।
वामदेवको नयाँ पार्टीको सचिवमा डिबी कार्की रहनेछन्। राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरूको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए।








