शिब भण्डारी / प्रकास कँडेल
लण्डन । नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेको अध्यक्षमा कोलेश्वर ढकाल (कृष्ण) सर्वसम्मत भएका छन् । एसोसियनको सोमवार लण्डनस्थित ह्यारोमा सम्पन्न तेस्रो महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा मोहन ओली, शिवप्रसाद कंडेल, ठाकुर ढुंगाना, महासचिवमा राजु बोहोरा, सचिवमा यज्ञ खरेल, कोषाध्यक्षमा धर्मागत चापागाई, सहकोषाध्यक्षमा केबी गुरुङ निर्विरोध निर्वाचित भए । यस्तै सदस्यहरुमा गोकर्ण भुषाल, अभिषेकुमार श्रेष्ठ, दलबहादुर खत्री, लालचन्द्र (रामजी) सापकोटा, उपेन्द्र पौडेल, रामकृष्ण अर्याल, छम रेग्मी, रामप्रसाद सापकोटा, लीलाधर निउरे, सुमन शर्मा (सोहन), टिकादेवी चालिसे, रोशकान्त सापकोटा, चन्द्रबहादुर केसी, गोमा पौडेल, भानुभक्त घिमिरे, टिकाराम निउरे, दिनानाथ अर्याल र रामकृष थापा छन् ।
निर्वाचन अधिकृत एवम् सोलिसिटर राजु थापाले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्दै नयाँ समितिलाई सफत सहित बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतमा नेपाली खानालाई प्रोत्साहित गर्दै नेपाल पहिचान दिन बुद्धिजिवि सेफहरुको कोशिस प्रशसंनीय रहेको बताए । आचार्यले सेफहरुले नेपाली कला, संस्कृति, परम्परालाई विश्वसामु चिनाउने काम गरेको भन्दै प्रसंशा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको लागि आव्हान गरे । उनले विदेशमा हुर्किदो दोस्रो पुस्तालाई नेपालसँग जोड्न लगानी महत्वपूर्ण हुने बताए ।

कार्यक्रम संस्थापक अध्यक्ष कृष्ण तिमल्सीना, गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडा, संघकी सचिव टिका गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, तमुधीं यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वसांसद कुलप्रसाद नेपाल, समाजसेवी विजन भट्ट लगायतले शुभकामना दिए ।
अध्यक्ष पदमा निर्वाचित ढकालले आफुलाई विश्वास गरी सर्वसम्मत अध्यक्ष पदमा चयन गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गर्दै आफुसगं आएको जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने बताएका थिए ।
संस्थाका महासचिव भुपेन्द्र पाठकले संचालन गरेको कार्यक्रममा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । अधिवेशनमा रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दधि आचार्यले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीलाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा दोहोरी गायिका अस्मिता डल्लाकोटी गायक कृष्ण अखिली, गायिका तुलसा पौडेल,गायक रेशम निर्दोष लगायतका नेपाली राष्ट्रिय कलाकारहरुले सागींतिक प्रस्तुती राख्दै सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।


बेलायतमा रहेका नेपाली सेफहरुका हकहीतसगैं नेपालका विभिन्न ठाउँमा परोपकारी काम गर्दै आईरहेको संस्था सन् २०१२ मा समाजसेवी कृष्ण तिमिल्सिनाको अगुवाइमा स्थापना भएको हो ।






