काठमाडौं। काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
टिपरसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।






