गर्मी छल्न स्वीमिङ गर्न पुगेका युवाकाे हाेटल पाैवाकाे स्वीमिङ पुलमा डुबेर युवाकाे मृत्युु

भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधर रहेका छन् ।

शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।

पौवामा बालबालिका र वयस्कका लागि अलग-अलग स्विमिङ्ग पुल रहेको छ । यससंगै एउटा पोखरी पनि होटल परिसरमै रहेको छ ।