लण्डन। लन्डनको ट्राफल्गर स्क्वायरमा आइतबार साँझ २५६६ औं बुद्ध जयन्तीको अवसरमा एक विशेष कार्यक्रमबीच बुद्धजयन्ती मनाइएको छ । बुद्ध फाउण्डेसन यूके र लण्डनस्थित नेपाली दूतावास,नेपाल पर्यटन बोर्ड र एनआरएनको सहकार्यमा उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका सयौं नेपालीहरुको साथै विदेशी समुदायबाट विशिष्ट अतिथिको सहभागिता थियो। कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन, प्रवचन र विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
नेपालका शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,नेपालबाट आएका ‘वर्ल्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि रहेका थिए।

कार्यक्रममा बुद्ध दर्शनसन्बन्धि मन्त्रोच्चारण, प्रवचन, मौलिक नेपाली संस्कृति झल्किने कार्यक्रम, शान्तिदीप प्रज्वलन, नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्री वितरण लगायत कार्यक्रमस्थललाई नेपालकै बौद्ध स्तुपाहरुकै झल्को दिने गरी ध्वजा, पटकाहरुसहित सजावट गरिएको थियो। लामा गुरूले धार्मिक मन्त्रोचारण बाट कार्यक्रम सुरु भएको कार्यक्रममा नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएको थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्तिको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि सहयोगको आव्हान गरे।
कार्यक्रममा नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । मौलिक धिमे बाजा, भैरव नाच, थारु नाचददेखि गयिका शर्मिला बर्देवा र गायक दीपक थापाले “जाहा छन् बुद्धका आखा” प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की,गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, पर्यटन दुत महन्त श्रेष्ठ, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।
समारोहमा बेलायती सांसद विरेन्द्र शर्मा, लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर,लन्डन बरो अफ हन्स्लोका मेयर विष्णु गुरुङ,काउन्सिलर जीत रानाभाट, जीव बेल्वासे, एनआरएनए यूरोप क्षेत्रीय उपसंयोजक दयानिधी सापकोटा,ललित कुमार न्यौपाने,सञ्चारकर्मी लगायत बेलायतका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले कार्यक्रम संयोजन र स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई लारा र सुर्य गुरुङले गरेका थिए।

आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले बुद्धको सन्देशलाई सारा विश्वमाझ अझै व्यापक बनाउने तथा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको उद्धेश्य रहेको बताउँदै कार्यक्रमका सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिएका थिए।


( हेर्नुस पुरा भिडियो )






