लन्डन। युरो नेपाल कलाकार संघ (ऐना) ले बेल्जियमको लुभेनमा नेपाली पञ्चेबाजा तथा नौमती बाजाको शुभारम्भ गरेको छ । नौमती बाजा को समुह को युरोप मा पहिलो स्थापना र सनचालन मा आधिकारीक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले विदेशी भूमिमा पनि नेपालको कला-संस्कृतिको संरक्षणका लागि ‘ऐना’ले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै देश चिनाउने यस्ता सुकर्मलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

पञ्चेबाजा तथा नौमती बाजाले प्रवासमा नेपालको मौलिकता प्रवद्र्धन गरेकोमा आफू अत्यन्त खुसी भएको भन्दै उहाँले यो बाजा प्रवद्र्धनका लागि दूतावासले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । यस्तै बिशेष अथिती मा लोकल ताउव बेल्जियम लुभन का मेयर को बिशेष उपस्थिती थियो वाहा ले नेपालीकम्युनी को यस्ता कार्यले स्थानिय अन्य स्थानिय बासी संग राम्रो समन्ध सुधार हुनेछ भन्नु भयो।

कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ‘ऐना’ले प्रवासमा पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना गरेकोमा खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो भने अर्का अतिथि नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यमु निरौलाले प्रवासमा मानिसले यान्त्रिक रूपले समय गुजारीरहेको अवस्थामा पनि पञ्चे बाजा प्रवद्र्धनका लागि ऐनाले खेलेको भूमिका सह्राहनीय भएको भन्दै आगामी दिनमा अझ बढी व्यवसायिक रूपले अगाडि बढ्न सुझाव दिनुभयो ।

बेलायत बाट पाल्नु भएका बिशेष अथिती प्रथम नौमती बाजा गुल्मी युके समुहका प्रमुख ओम थापा काउचा ले यस नौमती बाजा को बिषय मा बिशेसता र नेपाल बाहिर पहिलो नौमती समुह को स्थापना को गर्दाको आफ्नो बिगत र आज आएर बिष्वमा यस नौमती बाजा को बिकास र संनचाल मा आएको देख्दा गौरव गर्दै हामी बिष्व का हामी नेपाली सबै जन्म भुमी राष्ट्र निम्ती प्रयटन पर्वधन मा तेवा पुराउन यस्तै कुनैन कुनै ठाउबाट एम्वाशिदर को भुमिका भुमिका खेलौ साथै आफ्नो कला कल्चर लाई प्रिजव गर्नु यस नौमती बाजा को छुत्तै महत्व हुनेछ।
बिषेस सबै नेपाली समुदाए हरूले यस नौमती समुह हरूलाई प्रोसान र सहयेगो को खाचो भएको भन्दै यस ई एन ए ए पन्चेबाजा समुह लाई यसरी युरोप मा पहिलो स्थापना र सन्चालन मा लिनु भएको मा र हाम्रो प्रथम नौमती बाजा गुल्मी युके समुह लाई बिषेस सम्मान गर्नु भएको मा बिषेस धन्यबाद आभार प्रकर्ट गर्नु भएको थियो।

युरोप नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुनले नेपालमा समेत लोप हुँदै गएको पञ्चेबाजा (नौमती)को संरक्षण, उत्थान तथा प्रचारप्रसार गर्नका लागि आफूहरूले निकै प्रयत्न गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यो बाजा विवाह, ब्रतबन्ध, जन्मोत्सव लगायतका शुभ कार्यमा व्यवसायिक रूपले बजाउन सकिने जानकारी दिनुभयो ।
अध्यक्ष पुनले नेपाल कला-संस्कृतिको धनी देश भएकोले नेपालमा रहेका कला संस्कृति विदेशमा, खासगरी युरोपमा आफूहरूले संरक्षण र सम्वद्र्धनका लागि जमर्को गरेको बताउँदै यसमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । पुनले आगामी दिनमा पञ्चेबाजा तथा नौमतीबाजा शुभ कार्यलगायत चाडपर्व एवम् अन्य कार्यक्रमहरूमा बजाउन सकिने बताउनुभयो ।

उक्त अवसरमा नेपाल देखि बाहिर पहिलो नौमती बाजा स्थापना सनचालन मा लिएका प्रथम नौमती बाजा गुल्मी युके समुह का प्रमुख सयोजक तथा गुल्मी जिल्ला समाज युके का सस्थापक अध्यक्ष हाल टष्ट्री सल्लाहकार ग्रेटर रशमोर नेपाली कम्युनिती का पुर्व अध्यक्ष साथै गैरआवासीय नेपाली संघ बेलायत का सल्लाहाकार समाजसेवी ओम थापा काउछा र समुहका सक्रिय सदस्य पदम गुरुङलाई बिशेष अथिती मा निमणत्रा मा पाल्नु भए को थियो।
वाहा हरूले प्रथम नौमती समुह युके समुह ले बेलायत युरोप मा पुराउनु भएको अतुलनिय कार्य र वाहा हरूकै सल्ल्लाह र सुझाव मा यहा बेल्जियम मा पनी स्थापना गर्नु सफल भएको भन्दै बिषेस सम्मान सोरूप युरो नेपाल कलाकार संघका अध्यक्ष एवं कार्यक्रमका सभापति बलराम पुन र प्रमुख अतिथि एवम् बेनेलुक्सका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारी बाहुली बाट ENAA पन्चेबाजा समुह र बेल्जियम बासी को तर्फ बाट मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ऐनाका वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङले पञ्चेबाजा जनसमक्ष ल्याउन आफूहरूले चार वर्ष अवधि खर्चिनु परेको अनुभव सुनाउँदै साथीहरूको निरन्तर प्रयासले यसलाई प्रवासमा स्थापित गर्न सकेकोमा अगामी दिनमा आफूहरूले मनोरञ्जन तथा व्यवसायिक रुपमा समुदायसमक्ष प्रस्तुत गर्न सक्ने जानकारी गराउनुभयो ।
कार्यक्रम सन्चालन युरो नेपाल कलाकार संघका सचिव संजय के सी ले गर्नु भएको थियो। स्मरण रहोस्, ‘ऐना’ संसारभरबाट बेल्जियममा आएर बसोबास गर्ने कलाकारहरूको साझा संगठन हो । यो संगठनले बेल्जियममा नेपाली कला, गीत संगीत र नृत्यको संरक्षण तथा सम्वर्द्धनको कार्य गर्दै आएको छ । यो संस्था सन् २००९ देखि बेल्जियममा क्रियाशील छ ।






