काठमाडाैँसहित पहाडी क्षेत्रमा बदली,यी ठाउँमा वर्षाकाे सम्भावना

काठमाडाैं। बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेकाे छ । गएराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।