महेन्द्रनगरको होटेलमा एक युवक मृत फेला

कञ्चनपु। कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत भेटिएका छन्। भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय ‘नाइन इलेभन’ होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। प्रहरीले होटललाई सील गरि अनुसन्धान गरिरहेको छ । घटना पछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुङ्गामुढा गरेका छन् ।