काँग्रेसको बागी उम्मेदवारलाई उम्मेदवारी निस्क्रिय गर्न आजसम्मको समय

काठमाण्डौ । नेपाली काँग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न आजसम्मको समय दिएको छ।

पार्टीको आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेकाले काँग्रेसले आजसम्मको समय दिएको हो ।

आज पनि उम्मेदवारी निस्क्रिय नबनाउने बागी उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई कारवाही गरिने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

तर भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा काँग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।  यसले चुनावी नतिजा सोचेअनुसार नआउँने देखिएको छ ।