रुपन्देही सामाजिक सञ्जालको नयाँ वर्ष विशेष कार्यक्रम : मन्त्रीले दिए शुभकामना

सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नव वर्षको भित्तपोत्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था सञ्जालले नेपाली नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा सिड्नीको केडिक पार्क टेप्पीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

न्यू साउथ वेल्स अस्ट्रेलियाका बहुसांस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन गर्दै   शुभकामना व्यक्त गरेका थिए । साथै उनले रुपन्देही सामाजिक सञ्जालले विगत ६ वर्षदेखि विपद र विभिन्न सहयोगी कार्यहरुमा गरेको कामको प्रशंसा गर्दै न्यू साउथ वेल्स राज्य सरकार सञ्जालसगं हातेमालो गरेर अगाडी बढ्ने बताएका थिए ।

सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष दिवाकर काफ्लेको स्वागत मन्तव्य एवम् महासचिव रञ्जिता भण्डारीको सञ्चालन रहेको थियो । कार्यक्रममा अध्यक्ष मुक्तिराम पोखरेलले प्रमुख अतिथि जोसेफलाई खादा र नेपाली ढाका टोपी लगाएर सम्मान प्रकट गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बोल्दै एनआरएनएका केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारी,फेन्का का महासचिव डा.मधुसुदन पुडासैनी,एनआरएनए अस्ट्रेलियाका संस्थापक अध्यक्ष   मना के.सी,ओएनएफका अन्तराष्ट्रिय सचिव रमेश पाण्डे,लिभरल नेपाली कम्युनिटीका उम्मेदवार एवम् सामाजिक अभियान्ता बिनोद पौड्याल,अनेसास अस्ट्रेलियाका अध्यक्ष ममता तिवारी,पेन्सस कुम्युनिटी एवम् सञ्जालका सल्लाहकार डा. प्रकाश पौडेल लगायतले सञ्जालले गरेका कार्यहरुको उच्च प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा न्यू साउथ वेल्स सह सम्योजक  स्वीकृति भट्ट,ओएनएफ अध्यक्ष केशव जिसी,वरिष्ठ समाजसेवी नारायण प्रधान,झापाली समाजका अध्यक्ष निराजन प्रसाई,साउथ वेल्स नेपाली कम्युनिटीका अध्यक्ष सुदिप ठकुरी,गुल्मी समाजका अध्यक्ष कमला बस्नेत,सुदुर पश्चिम समाजका अध्यक्ष तोरण अधिकारी,प्रवासी युवा मञ्च अस्ट्रेलियाका निर्देशक महेन्द्र लम्साल,एमबीपीएका महासचिव प्रकाश लामिछाने,पोखरा समाजका महासचिव प्रकाश सुबेदी,नवलपुर समाजका अध्यक्ष खेमराज पगेंनी,अभिभावक सघंका अध्यक्ष राम अधिकारी,मल्टिडायनामिक रियलस्टेटका म्यानेजिङ डाईरेक्टर विजय पहल,ल्याण्ड लिजका निर्देशक अशोक थपलिया, जुनो होम लोन्सका निर्देशक बिनोद प्रसाद मैनाली,भिजिम फर मोटिभेसनका अध्यक्ष महेश प्रसाई,पत्रकारहरु,विश्व पाटीका अनिल खड्का, अस्ट्रेलिया नेपाली टाइम्सका निर्देशक महेन्द्र लम्साल,एभरेष्ट टिभी अस्ट्रेलियाका नविन गौतम, नेपाल न्यूज अस्ट्रेलियाका माधव गैरे,पत्रकार सुरेश रेग्मी,  पत्रकार महासघंका अध्यक्ष ऋषि आचार्य,संस्थाका संरक्षक राज खनाल,पूर्व अध्यक्ष कृष्ण गैरे, ईश्वर अविरल पोखरेल,सल्लाहकार एवम् कार्यसमितिका पदाधिकारी तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि गरी झण्डै २ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम सम्पन्न गर्न BIZ BoX का निर्देशक होमनाथ उपाध्याय,प्रोपर्टी पल्सका निर्देशक प्रमोद कार्कीले सौजन्य गरेका थिए । त्यस्तै एभरेष्ट बथच्युरी र सनसाईन बथच्युरी एण्ड ग्रोसरले सहयोग गरेका थिए ।

कार्यक्रममा बाल कलाकारहरु श्रेया पौड्यालले नृत्य प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेकी थिईन् भने नृत्य र सांस्कृति सयोंजक एवम् गायक प्रदिप खनाल र गायिका एलिसा न्यौपानेले सांगितिक प्रस्तुती दिएका थिए ।