एनआरएनए निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरको आपत्ति

गैर आवासीय नेपाली संघको १० औं महाधिवेशनको निर्वाचन प्रक्रियाप्रति एनआरएनए अमेरिका च्याप्टरहरुले आपत्ति जनाएका छन्। एनआरएनए अमेरिका च्याप्टरहरुले विज्ञप्ति जारी गर्दै एनआरएनएको दशौं महाधिवेशन तथा निर्वाचनका विषयमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका हुन्।

उनीहरुले एनआरएनएको निर्वाचन प्रक्रियामा देखिएका अलोकतान्त्रिक र आपत्तिजनक अभ्यासहरुप्रति आपत्ति जनाएका हुन्।

‘ विधि, विधान र प्रक्रियाका सम्बन्धमा आफ्ना कुरा राख्ने र मतदान गर्न पाउने अधिकारबाट आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटस वञ्चित गरिएकोमा सबै च्याप्टहरु दुःख व्यक्त गर्दै सहमतिको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्छन,’ विज्ञप्तिमा भनिएको छ, ‘नाटकीय एकताको नाममा गरिएको यस घृणित कार्यको हामी सबै घोर भत्र्सना गर्दछौं।

आम पञ्जीकृत सदस्य र आइसीसी डेलिगेटसले आवश्यकता अनुसार आफ्नो विधान परिवर्तन र निर्वाचनमा सहभागी हुने अधिकार राख्छन् तर सहमतिका नाममा सबैको अधिकार हनन् गरियो। विविध गतिबिघीहरू सहमती गर्ने अभ्यासले एकता र निकास भन्दा आगामी दिनमा संस्थालाई थप समस्या तर्फ धकेल्छ भन्ने हाम्रो गहिरो चिन्ता र सरोकार छ।’