लन्डन । एनआरएनए यूके उपमहासचिवका उम्मेदवार विनय अधिकारीले निर्वाचन नजिकिंदै गर्दा चुनावी अभियान तीव्र पारेका छन् । युवा व्यवसायी अधिकारीले संघमा आफु धेरै काम गर्ने इच्छासहित मैदानमा उत्रिएको बताउदै आफ्नो व्यवसायिक र शैक्षिक दक्षता उपयोग गर्ने प्रतिवद्धतासहित मतदातासंग भोट माग्ने क्रम तीव्र बनाएका हुन् ।
करिब एक दशकयता बेलायत बस्दै आएका अधिकारीले एनआरएनए अभियानलाई नजिकबाट नियालेका छन् । यसअघि च्यारिटी र सामाजिक काममा सक्रिय भएपनि सार्वजनिक रुपमा चर्चामा आउन नचाहने बेलायतबाट नेपाली कांग्रेस सक्रिय युवा नेता समेत रहेका अधिकारी अब अग्रपंक्तिमै आएर संस्थामा केही काम गर्ने दृढताले उम्मेदवारी दिएको लण्डन नेपाल न्यूज डटकम लाइ बताए ।
यसै बीच एनआरएनए यूकेको नवौं महाधिवेशनबाट आफू निर्वाचित भएमा धेरै काम गर्ने योजना बनाएको अधिकारील बताए । भूपू गोर्खाको माग, दोहोरो नागरिकतालगायतका विषयलाई दृढताका साथ उठाउनुपर्ने जरुरी रहेको उनले बताए ।
एन आर एन यूकेको आगामी कार्यकाल (२०१७-१९) को लागि उपमहासचिव पदमा उम्मेदवारी दिएर यहाँहरुको माझमा आईपुगेको छु । सफल रुपमा काम गर्ने उत्साह र समर्पणका साथ मैदानमा आईसकेको परिप्रेक्षमा हजुरहरु सबैको साथ सहयोगको अपेक्षा सहित मलाई मतदान गर्नुहुन हार्दिक अपिल गर्दछु,उनले भने ।
एनआरएनए यूकेको आगामी नेतृत्व सम्हाल्ने कार्यसमिति कस्तो आउला भन्ने चासो पनि जनमानसमा उतिकै छ ।






