बेलायतमा भूकम्पप्रभावित विद्यार्थीलाइ छात्रवृत्ति

बेलायतको लण्डन स्थित मिडलसेक्स विश्वविद्यालयले नेपालमा भुकम्पबाट प्रभावित विद्यार्थीलाइ नयाँ छात्रवृत्तिको कार्यक्रम घोषणा गरेको छ । मिडलसेक्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पहलमा विश्वविद्यालयले १ करोड नेपाली रुपैँया वरावरको छात्रवृत्ति घोषणा गरेको हो ।
उक्त छात्रवृत्ति भूकम्पबाट प्रभावित विद्यार्थीहरुले अध्यन शुल्क,बेलायत आउन विमान खर्च तथा वेलायतमा बसोवास गर्नकोलागि प्रयोग गर्न सक्ने छन । विश्वविद्यालयको पुर्व विद्यार्थी तथा विद्यार्थी युनियनको प्रतिनिधि श्रेया पौडेलको पहलमा वेलायत पढ्न इच्छा व्यक्त गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले सहयोगको हात अघि बढाएको हो ।
विश्वविद्यालयले सहयोग गरेपछि श्रेयाले खुसि व्यक्त गर्दै भनिन – मिडलसेक्स विश्वविद्यालय र विद्यार्थी युनियनले म मा सामाजिक न्याय र जिम्मेवारीवोधको चेतना प्रदान गरेको छ जसमा मलाई अत्यन्तै गर्व छ ।
श्रेयाका अनुसार जुन परिवारले पहिला आफना छोराछोरीहरुलाइ शिक्षाकालागि बेलायती विश्वविद्यालयमा पढाउने तयारी गरेका थिए भुकम्पले उनिहरुको इच्छालाई पुर्ण वा आंशिक रुपले प्रभावित पारेको छ त्यस्ता विद्यार्थीकोलागि मिडलसेक्स विश्वविद्यालको यो सहयोगले भूकम्पप्रभावित विद्यार्थीको सपना पुरा गर्नेर छ ।
व्रिटीस गोर्खाका छोराछोरीलाई पनि छात्रवृत्ति प्रदान गदै आएको उक्त विश्वविद्यालयकी उप–कुलपति केइटी वेल ले भनिन “हाम्रो विश्वविद्यालयमा अन्तराष्ट्रिय विधार्थीहरुको ठुलो उपस्थिति छ तर हामि सबै नेपालको पछिल्लो समाचार सुनेर मर्माहित छौ । हामी ती विधार्थीको पहलवाट अत्यन्तै प्रशन्न छौँ जसले यो सोच लिएर हामिसामु मानवीय संवेदनामा हात बढाउन प्रेरणा प्रदान गरेक छन् ।”
मिडलसेक्स विश्वविद्यालयमा अध्यन गर्न चाहने विद्यार्थीहरुले नेपालका विभिन्न शहरहरुमा शाखा रहेको अल्फाबिटाका सवै शाखाहरुबाट अावश्यक सहयोग प्राप्त गर्न सक्ने बुटवल शाखाका प्रमुख पवन गुरुङले जानकारि दिए ।