साउदीका विदेश मन्त्री नेपाल आउदै

FILE PHOTO: Saudi Foreign Minister Prince Faisal bin Farhan Al-Saud attends a joint news conference with German Foreign Minister Heiko Maas in Berlin, Germany August 19, 2020. John Macdougall/Pool

काठमाडौं । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् ।

फागुन ३० देखि चैत १ गतेसम्म परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्ने बताइएको छ । साउदी अरबका परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउन लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न उनी नेपाल आउन लागेका हुन् । मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल समेत गठन गर्ने निर्णय गरेको छ ।