एमसीसी अनुमोदनको विरोधमा बन्दकर्ताले सुर्खेत एमाले पार्टी कार्यालय जलाए

सुर्खेत । एमसीसी अनुमोदनको विरोधमा सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा बन्दकर्ताले क्षति पुर्याएका छन् ।

विरोध स्वरुप ८ दलिय मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका थिए । उक्त दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालय सुर्खेतमा आगो लगाएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । बन्दकर्ताहरु उग्र बन्न थालेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको छ ।

उनीहरुले माओवादी र कांग्रेसको कार्यालयमा पनि आगजनी प्रयास गरेका थिए । प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।