लन्डन आइपुगे बेलायतका लागि नेपाली राजदूत आचार्य-को हुन् राजदूत आचार्य ?

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्य लन्डन उत्रिएका छन् ।बेलायतका लागि २२ औँ  महामहिम राजदूत  ज्ञानचन्द्र आचार्य बुधबार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन् ।

विमानस्थलमा राजदूत आचार्य दम्पतिलाई  लिन दूतावासकी उपनियोग प्रमुख एबम कार्यवाहक राजदूत रोशन खनाल साथै दूतावासका अधिकारीहरू उपस्थित थिए ।

बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले बुधबार नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।

को हुन् राजदूत आचार्य ?

बेलायतका लागि नेपालको २२ औँ राजदूत हुन् आचार्य २० नोभेम्बर १९६० मा काठमाडौंमा जन्मिएका आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवा प्रवेश गरेका थिए ।