
काठमाडौं- मधेसी मोर्चाको एउटा घटक सदभावना पार्टीले आन्दोलनका विषयमा छुट्टै तयारी गरेको छ ।
अध्यक्ष राजेन्द्र महतो घाइते हुँदा पनि मोर्चाले बैठक गरेर आधिकारिक धारणा तय नगरेको भन्दै सदभावना पार्टीले मोर्चाका अरु घटकसँग असन्तुष्टि राखेको छ । शनिबार पत्रकार सम्मेलन गरि अध्यक्ष महतोको अवस्था र भावी कार्यक्रम बारे सार्वजनिक गर्न लागेको हो ।
महासचिव मनिसकुमार सुमनले शनिबार पत्रकार सम्मेलन गर्ने बताए । उनले मोर्चाका केही नेताहरुका कारण आन्दोलन कमजोर बन्ने अवस्था आएको पनि बताए ।
पछिल्लो समय मोर्चामा संघिय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र महतोबीच मनमुटाव सुरु भएको छ । आन्दोलनको जस लिने विषयमा दुई नेताका भनाई एक अर्का विरुद्ध केन्दिैत देखिन्छन् ।






