साहित्यकार मञ्जु भण्डारी लक्ष्मण कला- साहित्य प्रज्ञा पुरस्कारबाट सम्मानित

लन्डन। लेखक सङ्घ दाङद्वारा साहित्यकार मन्जु भण्डारी पुरस्कृत लेखक सङ्घ दाङले फागुन ७ गते सङ्घको २७ औं साधारणसभा तथा १४ औं अधिवेशनका अवसरमा विभिन्न श्रस्टाहरूलाई पुरस्कृत गरेको छ।

लामो समयदेखि विदेशमा रहेर नेपाली काव्य विधामा पुर्याउनु भएको विशेष योगदानको उच्च मुल्यांकन गर्दै लेखक सङ्घ दाङले डा. कृष्णराज डी. सी द्वारा स्थापित लक्ष्मण कला- साहित्य प्रज्ञा पुरस्कार कवयित्री तथा निबन्धकार मन्जु भण्डारीलाई प्रदान गरेको छ।

साहित्यकार भण्डारीले बेलायतको नेपाली डायस्पोरामा नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई जिवन्त राख्न र यस्को पहिचानलाई बचाउका निम्ति बिगत ८ वर्ष देखि बेलायतको नयाँ पुस्तालाई नेपाली भाषा सिकाउंदै आउनुभएको छ। आफ्नो बाल निबन्ध सङ्ग्रह `प्रतिबिम्बन´ मार्फत नयाँ पिढीमा जीवनज्योति छर्न सफल हुनुहुन्छ।

नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृति हस्तान्तरण गर्न लागिपरेकी अभियन्ता भण्डारी बेलायतका विभिन्न सांस्कृतिक समारोहहरुमा कुशल उद्घोषिका रुपमा चिर- परिचित हुनुहुन्छ। गुल्मीमा जन्मेर, काठमाडौं किर्तिपुरमा हुर्केकी र उच्च शिक्षा अध्ययन गर्न २००१ मा बेलायत आउनुभएकी भण्डारी पेशाले शिक्षिका हुनुहुन्छ।

बेलायतका विभिन्न साहित्यिक र अन्य समाजसेवी संघ- संस्थाहरुमा आवद्ध रहेर सकृय रूपमा निरन्तर सेवा गर्दै समाजमा विशेष भूमिका निर्वाह गरिरहनु भएकी साहित्यकार भण्डारीलाई हार्दिक बधाई छ।