ज्ञवालीलाई गुल्मी जिल्ला समाज यूकेको ३ लाख १२ हजार रुपैयाँ सहयोग

रकम पाएपछि मनोज ज्ञवालीले भने, ‘मलाई अवश्य ठीक हुनेछ’
काठमाडौं– दुवै मृगौला खराव भएर उपचाररत गुल्मीका मनोज ज्ञवालीलाई ३ लाख १२ हजार रुपैयाँ सहयोग गरेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ज्ञवालीलाई समाजका महासचिव शिव भण्डारी, पूर्वउपाध्यक्ष एवम् सल्लाहाकार विनोद ज्ञवाली र प्रतिनिधि दुर्गा ज्ञवालीले संयुक्तरुपमा पीडित मनोज र उनको परिवारलाई ३ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरे। मनोजको बुधबार मृगौला प्रत्यारोपण भएको छ ।

२२ वर्षीय मनोजलाई आमा मन्दिराले एउटा मृगौला दिदैछिन् । प्रत्यारोपणका लागि झण्डै १५ लाख रुपैयाँ लाग्ने मनोजका बुवा बाबुराम ज्ञवालीले बताए । गुल्मी जिल्ला समाज युके, अमेरिका, जापान, कुवेत र कतार लगायतबाट पनि मनोजलाई सहयोग आएको बुवा बाबुरामले जानकारी दिए ।

help-2ज्ञवालीको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग संकलन अभियानमा गुल्मी जिल्ला समाज यूके कार्यसमितिका सदस्यहरु विष्णु ज्ञवाली, बरुण भण्डारी, लक्ष्मण न्यौपानेले विशेष पहल गरेका थिए ।

गुल्मी जिल्लाको हँसरा ४ घर भई हाल जिल्ला पाल्पा, ता. न. पा. १४, प्रभाष निवासी मनोज ज्ञवालीको विगत १० वर्षदेखि मृगौला खराब भएर स्वदेश तथा विदेशमा उपचार भइरहेको थियो । तर, पुन: समस्या भएपछि भैरहवा मेडिकल कलेज हुँदै मंसिर ८ गतेदेखि त्रि। वि। शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत थिए ।

बुवा बाबुरामका अनुसार अध्ययनमा तीक्ष्ण रहेका मनोज रुपन्देही, बुटवल स्थित सीसीटी कलेजमा पूर्ण छात्रवृत्तिमा बीबीए अध्ययनरत छन् ।