लण्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा भएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






