मन्त्री आलेले नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन आग्रह गरे

dGqL cfn];Fu /fhb"tsf] e]6 sf7df8f}F, @$ df3 M ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn];Fu ;f]daf/ dGqfnodf e]6jftf{ ub}{ g]kfnsf nflu o'/f]lkog o'lgogsf /fhb"t gf]gf 8]k|]h . e]6df ;lrj dx]Zj/ Gof}kfg];lxt sd{rf/L . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाण्डौ । नेपालको हवाई क्षेत्र युरोपेली सघंको उडान सुरक्षा सूचीबाट हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आग्रह गरेका छन् ।

मन्त्री आले र नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग सोमबार भएको भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।

नेपाल सरकार हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा प्रतिबद्ध रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । सो अवसरमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिईन् ।

इयुले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने भन्दै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि पनि नेपाललाई आग्रह गरिन् । हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको भन्दै उनले आफ्नो तर्फबाट हुने सहयोगका लागि प्रतिबद्ध रहेको जनाईन् ।