पूर्व काउन्सिलर धन किरण गुरुङको निर्देशनमा ‘यसरी घुरेर’ सार्वजनिक

लण्डन । पूर्व काउन्सिलर धन किरण गुरुङले निर्देशन गरेको म्यूजिक भिडियो ‘यसरी घुरेर’ सार्वजनिक गरिएको छ । डिजि प्रोडक्सन युकेको ब्यानरमा निर्माण भएको उक्त गीतको म्युजिक भिडियोको काठमाण्डौमा आयोजित कार्यक्रमकाबीच विमोचन गरिएको हो ।

पहिलो पटक अग्रंजी सब टाईटल अनुवाद सहित निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो बारे लण्डन न्यूज नेपालसगं कुराकानी गर्दै निर्देशक गुरुङले गीतले नेपाली संस्कृति र कलालाई संरक्षण गर्ने सन्देश दिएको बताए ।

पूर्व काउन्सिलर गुरुङले आफ्ना थुप्रै बेलायती साथी र यहाँको समुदायलाई नेपाली संस्कृतिका बारेमा जानकारी दिन अग्रंजी सब टाईटल अनुवाद सहित निर्माण गरिएको बताए । उनले यस गीत र म्यूजिक भिडियोले दर्शकको मन जित्ने र लोकप्रिय हुने विश्वास व्यक्त गरे । बेलायतमा रहेर नेपाली गीत सगींत प्रतिको मोह सगांलेका उनले थुप्रै गीतका म्यूजिक भिडियोहरु निर्माण गरेका छन् ।

म्यूजिक भिडियो विमोचन कार्यक्रममा चर्चित चलचित्र निर्देशक मिलन चाम्सको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेल,टेलिभिजन प्रस्तोता नरेश भट्टराई, प्रथम मेचीनगर मिसेस गिता आचार्य,बिएफबिएस रेडियोका प्राविधिक बिनोद धोज खड्का, जिएमएफ नेपालका प्रनिधिनि हरि ढकाल लगायतको उपस्थिति रहेको थियो ।

अल्का गुरुङले निर्माण गर्नुभएको गीतमा स्वर, शब्द र सगींत धन किरण गुरुङले नै दिएका छन् भने म्यूजिक भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, रिया श्रेष्ठ, काशी घले र कुसुम घताने लगायतको अभिनय रहेको छ ।

दिनेश पराजुलीको सिनेग्राफीमा निर्माण भएको म्यूजिक भिडियो अमृत चापागाँईले सम्पादन गरेका छन् । गीतको अग्रंजी सब टाईटल अनुवाद किशोर गुरुङले गरेका हुन् ।

गीतको म्यूजिक भिडियो हेर्नुहोस्