बेलायतवासी नेपालीहरुका लागि अब ‘नेपाल अन डिमाण्ड’ प्रति महिना २ पौण्डमा

लण्डन । म्युजिक नेपाल प्रालिले बेलायतवासी नेपालीहरुले घरमै बसीबसी ताजा नेपाली समाचार र लोकप्रिय नेपाली चलचित्रहरु हेर्न सक्ने तथा लोकप्रिय गीतसंगीत सुन्न सक्ने अफर ल्याएको छ 

शुरुमा प्रति महिना ७.९९ पौण्ड शुल्क राखिएकोमा कम्पनीले ग्राहकहरुको चाहनालाई ध्यानमा राख्दै शुल्क घटाएर मासिक २ पौण्ड राखेको छ।

नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा शुरु गरेको म्युजिक नेपालले नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत नेपालका प्रमुख टेलिभिजन च्यानलहरुको प्रत्यक्ष भिडिओ स्ट्रिमिङदर्शकहरुले रुचाएका नेपाली चलचित्रस्रोताहरुको रुचीलाई ध्यानमा राखेर तयार गरिएका गीतसंगीतहरुको संग्रह लगायतका सामग्री एचडी फर्म्याटमा उपलब्ध भएको जनाएको छ । त्यस्तै हरेक हप्ता नयाँ चलचित्र तथा गीतसंगीतहरु उपलब्ध छन्।

www.nepalondemand.com  मा गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एप डाउनलोड गर्नुपर्नेछ। त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिन्छ।

 “विश्वभरि नेपाली समुदायसम्म पुग्ने गरी नेपालको पहिलो टिभी तथा भिडिओ स्ट्रीमिङ सेवा उपलब्ध गराउन  पाउँदा हामीलाई निकै खुसी लागेको छ। संसारभरि बसोबास गर्नुहुने नेपाली समुदायलाई मातृभूमिसंग जोडन यो सेवा सफल हुनेमा हामी विश्वस्त छौं,” म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले भने।

यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधाभिडिओ कन्ट्रोलपहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ। त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्नेछन्।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने आफ्नो मान्यता अनुरुप म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत नेपालीहरुले नै शुरु गरेको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्दै आएको  छ।

प्रवासमा बसोबास गरिरहेका नेपालीहरुले नेपाली टेलिभिजनसंगीत तथा फिल्महरुबाट मनोरन्जन लिइरहँदा तपाईंहरुले तिरेको शुल्कबाट नेपालमा स्वास्थ्यशिक्षा तथा मानवीय सहायताको काममा सघाउन हामी प्रतिबद्ध छौं,” हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने।

यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने म्युजिक नेपालले जनाएको छ। नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरुएन्ड्रोइड र आइओएस ट्याब्लेटएप्पल एअरप्ले सपोर्टक्रोमकास्ट सपोर्टएमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध छ।