अमेरिकामा दर्शकको मन जित्दै ‘मेरी बास्सै’ की निर्मली

cd]l/sfdf bz{ssf] dg lhTb} …d]/L af:;}Ú sL lgd{nL . tl:a/ M clUgk|;fb rf}nfufO{+, ;+oQm /fHo cd]l/sf, /f;;

अमेरिका, १ असोज । निर्मली वा ‘ठ्यास कुमारी’को नामले चर्चित हास्य कलाकार निरु खड्का दुई महिनाभन्दा लामो दसैँ तिहार धमाका कार्यक्रम लिएर अमेरिकामा व्यस्त हुनुहुन्छ । निरुले आफ्नो एक दशक लामो कला यात्रामा ‘मेरी बास्सै’ जस्तो सफल हास्य टेलिचलचित्र, ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्तो मार्मिक म्युजिक भिडियोमा अभिनय गरी दर्शकको मन जित्न सफल हुनु भएको छ ।
जितु नेपाल, बद्री पङ्गेनी, शिला आले तथा मनोज ढकालजस्ता कलाकारसँग अमेरिकाको विभिन्न सहरमा हुने २० भन्दा बढी दसैँ तिहार धमाका कार्यक्रममा अपेक्षा गरेभन्दा आफ्नो आकर्षक नृत्य र प्रहसनबाट राम्रो प्रस्तुति गरी दर्शकको मन जित्न सफल भएकी छिन् ।
उनको प्रस्तुतिमा सम्पूर्ण दर्शक नै सँगसँगै बगिरहेका थिए । आफ्नो प्रस्तुतिको अन्तमा नेपाली राजनीतिको परिदृष्य प्रवासमा आउन नदिउँ, सबै दाजुभाइ, दिदीबहिनी हामी नेपाली भनेर बाँच्न र पहिचान बनाउन सिकौँ भन्दै सन्देश दिएकी छिन् ।