काठमाडौं, १० जेठ । लगातारको भूकम्पले कमजोर बनाएको सुख्खा पहिरो खसेर थुनिएको कालिगण्डकीले तल्लो तटीय क्षेत्रमा हुनसक्ने सम्भावित क्षति रोक्न गृहमन्त्रालयले त्यस क्षेत्रलाई ‘हाइ अलर्ट’ घोषणा गरेको छ। जल तथा मौसम विज्ञान विभागको वेवसाइटमा तल्लो तटको म्याग्दी, बाग्लुङ,पर्वत, गुल्मी,स्याङ्जा पाल्पा र नवलपरासीको नदि किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ।
म्याग्दी – बागलुङ – पर्वत जिल्ला हुँदै कालीगण्डकी जलविद्युत आयोजना रहेको स्याङ्जाको मिर्मीसम्म बढि संवेदनसिल रहेको निचोड सरकारले निकालेको। त्यो भन्दा तल पाल्पा ,गुल्मी, नवलपरासीमा कोहि पनि आत्तिनुपर्ने अवस्था नरहेको क्षेत्रीय प्रशासक दिनेश थपलियाले आग्रह गरेका छन्। ‘पहिरोले बनेको तालबाट पानी खोलिएकै हकमा पनि नवलपरासी पुग्न चार घन्टा लाग्छ,’ उनले भने, ‘हामीले एक एक घन्टामा नदी किनारका सबै वस्तीमा खवर पुर्याउने प्रवन्ध मिलाएका छौं। अहिले नै किन भागाभाग गर्नुपर्यो ।
कालिगण्डकी तटको ७ जिल्ला ‘हाई अलर्ट’






