काठमाण्डौ । बुटबलमा रोकिराखेको ट्रकसगं कार ठोक्किँदा ३ जनाको ज्यान गएको छ ।
बुटवल तामनगरमा ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा ३ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए ।
दुर्घटनामा परी २ जना घाईते भएका छन् । मृत्यु हुनेहरू बुटवल १३ का अन्दाजी २८ वर्षका सविन चौधरी, अन्दाजी २८ वर्षका गोविन्द चौधरी र नवीन श्रेष्ठ रहेका छन् । त्यस्तै सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते भएको प्रवक्ता खाँणले बताए । उनका अनुसार बुटवल १२ का अनिश जिसी सामान्य घाइते छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भागिरथ र घाइते जिसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






