विदेशजाँदा सुर्तीजन्य पदार्थ नबोक्न आग्रह

काठमाण्डौ । नेपालबाट विदेश जाने यात्रुहरुका लागि सुर्तीजन्य पदार्थ नबोक्न आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न सचेत गराएको हो ।

कार्यालयले सुचना निकालेर उक्त विषयमा सचेत गराएको हो । यसका साथै विभिन्न एअरलाइन्स कम्पनीले पनि यात्रुलाई सूर्तिजन्य पदार्थ नबोक्न अनुरोध गर्दै सुचना निकालेका छन् ।

यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता बस्तु साथमा राख्न पाउने छैनन् । यसका साथै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्यारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजान पाइन्छ ।

मासुजन्य कुरा लैजाने हो भने क्यारेन्टिन कार्यालयबाट अनुमति लिन भनिएको छ । वैदेशिक रोजगार विभाग र महानगरिय प्रहरी कार्यालय रानी पोखरीको पत्र प्राप्त भएपछि एअरलाइन्स कम्पनीले पनि यस्तो अनुरोध गरेका हुन् । उज्यालोबाट