सिड्नीमा मृत्यु भएका असिमको शव नेपाल पठाउन सहयोग सकंलन सुरु

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका एक नेपाली विद्यार्थीको शव घर पठाउनका लागि आर्थिक सहयोग सकंलन अभियान थालिएको छ ।

सिड्नीको लेपिङ्गटनमा मोटरसाईकल दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय असिम थपलियाको शव नेपाल पठाउन सहयोग सकंलन थालिएको हो । जनवरी २६ तारिखका दिन सडकको डिभाईडरमा ठोक्किएर उनको मृत्यु भएको थियो ।

सन् २०१६ मा आईटी पढ्नका लागि आएका असिमको स्थायी घर काठमाण्डौको चावहिल हो । नेपालमा नै उनको अन्तिम संस्कार गर्न उनका परिवारले ईच्छा राखेपछि शव नेपाल पठाउन लागिएको हो ।

शव नेपाल पठाउनका लागि ‘गो फण्ड’ मी मार्फत सहयोग सकंलन भईरहेको र सहयोग गर्न सम्पूणलाई आग्रह गरिएको छ ।

यहाँ क्लिक गरेर सहयोग गर्नुहोस