सिड्नी । अस्ट्रेलियाको शैक्षिक परामर्श सेवा केन्द्र ‘राइट एन्ड एशोसियट्स’ले कोभिड १९ विरुद्ध लड्न सहयोग गर्नै उद्धेश्यसहित नेपालको चितवनको माडीस्थित बघौडा अस्पताल स्वास्थ सामाग्री प्रदान गरेको छ।
राइट एन्ड एशोसियट्स निर्देशक परशुराम अधिकारीका अनुसार अस्पताललाई तीन लाख मूल्य बराबरको दुई थान डिजिटल मनिटर प्रदान गरिएको हो ।
आफूहरु प्रवासमा रहेपनि मुलुकलाई कोभिडविरुद्ध लड्न सहयोग गर्ने उद्धेश्य स्वरुप उक्त सहयोग गरिएको अधिकारीले बताए । राइट एन्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्रराज रेग्मीले उक्त सामग्रीहरु माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल मार्फत हस्तान्तरण गरेका छन् ।
उक्त डिजिटल मनिटरले मुटुको धड्कन्, अक्सिजन मात्रा र रक्तचाप जाँंच गर्न सकिने बताइएको छ ।
संयोजक दिपेन्द्र अधिकारीले अस्ट्रेलियामा रहेको आफ्ना शाखाका सबै कर्मचारीको समेत सहयोगमा उक्त सामग्री खरिद गरिएको बताए । कोभिड सहयोगकै क्रममा राइटले शैक्षिक परामर्शदाताको छाता संगठन एकालाई पाँंच सय डलर पनि प्रदान गरेको थियो ।
प्रवासमा रहेर पनि स्वदेशको आपतविपदविरुद्ध लड्नको निम्ती साथमा रहेको सन्देश दिन पनि उक्त सहयोग गरिएको एसोसियट्सले जनाएको छ ।






