सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले गृह जिल्ला रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित दुधराक्ष स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
रुपन्देही स्थायी घर भई हाल अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीहरु मिलेर सहयोग सकंलन गरि स्वास्थ्य चौकीका लागि आवश्यक सेमि एनलाईजर मेसिन र केमिकल एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
भर्चुअल माध्यमबाट सञ्जालका प्रतिनिधि समेत संलग्न भई सम्पन्न भएको कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि ईश्वर पोखरेलले प्रत्यक्ष सहभागीता जनाई सेमि एनलाईजर मेसिन र केमिकल लगायतका स्वास्थ्य सामाग्री सैनामैना नगरपालिकाका नगरप्रमुख चिनाबहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख कार्कीले सहयोगी सञ्जाल प्रति आभार व्यक्त गर्दै नागरिकको सहज स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चित गर्न यस्ता सामाग्री सहयोगी बन्ने बताए । साथै उनले भोलिका दिनमा पनि सञ्जालसगं सहकार्य गरी अगाडी बढ्ने बताए ।
कार्यक्रममा स्वास्थ्य चौकी ईन्चार्ज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पारेका थिए । उक्त अवसरमा रुपन्देही सामाजिक सञ्जालले हालसम्म गरेका कार्यक्रमको सक्षिंप्त जानकारी दिँदै कार्यक्रम सयोंजक एवम् सञ्जालका उपाध्यक्ष दिवाकार काफ्लेले आफ्नो मन्तव्य राखेका थिए ।
त्यस्तै वर्तमान रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले भर्चुअल मार्फत आफ्नो मन्तव्य राख्दै सामाजिक हीत र परोपकारी कार्यका लागि जिल्लामा रहेका सरोकारवालासगं समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्बासे,कार्यपालिका सदस्य ईश्वरी भण्डारी,वडा सदस्य केशर बहादुर बम्बरेल,रोमाकान्त बरम्बेल एवम् स्वास्थ्य स्वयम् सेविका,टोल विकास संस्थाका प्रतिनिधिहरु, समाजसेवी एवम् पत्रकारहरुको उपस्थिति रहेको थियो ।
जनताको स्वास्थ्यमा पहुँच पुर्याउन सेवा लिन सहज होस भनेर किड्नीको फंग्सन टेष्ट, रगतमा फ्याट र कोलस्टरको मात्रा र अवस्था थाहा पाउन यो मेसिन उपयोगी हुनेछ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं ६ का वडाध्यक्ष बसन्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका स्वास्थ्य सयोंजक हेमराज पन्थीले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।






