काठमाडौं, ८ जेठ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्कलन भएको रकमको उपयोगसम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन तथा त्यसलाई पारदर्शी तुल्याउन वेबसाइट सञ्चालन भएको छ । आजदेखि सञ्चालन भएको www.drrportal.gov.np मा कोषसम्बन्धी सम्पूर्ण विवरण समावेश गरिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुवीर खनालले बताउनुभयो ।
प्राकृतिक विपत्तिमा परेकाहरुको खोज, उद्धार र राहतका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ । कोषको सञ्चालनका लागि केन्द्रीयस्तरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकमा रहेको आठ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । उक्त समितिले सर्वसम्मत निर्णयबाट राहत रकम प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार कोषमा पठाइने प्रावधान छ ।
कोषमा हालसम्म रु तीन अर्ब ५१ करोड ६७ लाख ६३ हजार २७३ दाखिला भएको छ ।
कोषलाई पारदर्शी बनाउन वेबसाइट






