रन्जित बस्नेत,
लण्डन। इलिङ स्थित बूफ रेस्टुरेटमा भएको साहित्यकारहरुको भेलाले नयाँ साहित्य सस्था “नेपाल मुक्तक प्रतिस्ठान बेलायता” गठन गरेको छ।
उक्त प्रतिस्ठानमा अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्षमा सागर सिलवाल, महासचिवमा बिरु राई, कोषाध्यक्षमा सबि श्रेष्ठलाई सर्वसमीति चयन गरेको छ।सदस्यहरुमा राज श्रेष्ठ, प्रतिमा केसी, जगन्नाथ अधिकारि र राजन श्रेष्ठ र सल्लाकारमा डा रुपक श्रेष्ठ चुनिएका छन्।
प्रतिस्ठानको नयाँ कार्येसमीतिलाई लेखक साहित्यकार सुमल कुमार गुरुङले सपथ ग्रहन गराउनु भएको थियो उक्त भेलामा नेपालबाट आउनु भएका लेखक प्राध्यापक सन्जीव उप्रेती र अर्चना थापाको उपस्थिती रहेको थियो भने नयाँ कार्ये समितीको सफलताको शुभकामना पनि दिनु भएको थियो।
उक्त भेलामा नारायण गाउँले, भोजराज बराल र पत्रकार रन्जित बस्नेत लगायतको उपस्थिती रहेको थियो। भेलाको अन्त्येमा स्रठाहरुले आफ्नो मुक्तक वाचन गर्नु भएको थियो।







