विहिबार नेपालमा थपिए ३०८ संक्रमित

 

काठमाडौं । विहिबार नेपालमा थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै वितेको २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभर ११ हजार ५१६ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै यस अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ४२० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार ७८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएकोो मन्त्रालयको भनाइ छ ।