अमेरिकी सहायक विदेश मन्त्री लु र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लु नेतृत्वको प्रतिनिधि मण्डलले पूर्वप्रधानमन्त्री समेत ओलीसँग सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता गरेको हो। उनीहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल पनि सहभागी थिए। अमेरिकी विदेशमन्त्री लु नेतृत्वको टोलीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछ।

लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए।