लण्डन । बेलायतका नागरिकहरुले करिब दुई बर्षपछि पहिलो पटक अमेरीका जाने अनुमति पाएका छन् ।
अन्तराष्ट्रिय नाका खुलेसँगै हिथ्रो विमानस्थलबाट दुई बर्षपछि पहिलो पटक अमेरिकाको निम्ती उडान समेत भएको छ । १८ बर्षभन्दा माथिका कोभिड विरुद्ध पूर्ण मात्रा खोप लगाएका यूकेबासीहरुले अब अमेरिका जान पाउने भएका हुन् ।
यद्यपि अमेरिकन मानिसहरुले भने २८ जुलाई बाटै यूके आउन पाइरहेका छन् । कोरोनाभाईरस संक्रमण बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।
यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ ।
अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ ।






