कांग्रेस सरकारमा आए मन्त्री पद छाड्न तयार छु : पोखरेल

Ananda-Pokharel
भक्तपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) मध्यपुर नगरपालिका– १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले मुलुकको निर्माणमा एकै ठाउँमा बसेर काम गर्नाका लागि काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभएको हो

‘अझै पनि केही बिग्रेको छैन, नेपाली कांग्रेसलाई म आग्रह र आह्वान गर्छु, सरकारमा आउँनुस्, म मन्त्री पद छाड्न तयार छु,’ मन्त्री पोखरेलले भन्नुभयो–‘देशको यो सङ्क्रमणकालमा मुलुकको निर्माण गर्न सबै एकै ठाउँमा आउनुपर्छ ।’

वामपन्थी र काँग्रेस सहकार्य तोड्न केही शक्ति लागेको र त्यही शक्तिको इसारामा काँग्रेसले सहकार्य तोडेको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘कांग्रेसले अर्काको इसारामा एमालेको गठबन्धन तोड्न नहुनेमा तोडियो, यो कांग्रेसको गल्ती हो ।