सुनसरी, फाल्गुन १५ । सप्तरीको मालपोत कार्यालयका नासु राजेन्द्रकुमार साह सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वान्चल क्षेत्रीय कार्यालयको टोलीले शुक्रबार कार्यालयमै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा साहलाई रंगेहात पक्राउ गरेको हो ।
नासु साहले सेवाग्राहीसँग पटक–पटक घुस मागेपछि सेवाग्राहीले अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दिएका थिए । उजुरीपछि अख्तियारका अधिकृत गोकुल निरौलाको नेतृत्वमा खटिएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको हो ।
घुस लिँदालिँदै मालपोतका नासु पक्राउ






